काठमाडौँ, १७ जेठ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमा केही नयाँ कुरा आएको भए पनि देशको समस्या समाधान गर्न नसक्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बजेटमा केही नयाँ कुराहरु रहेको तर निर्यातभन्दा आयात १० गुणा गर्ने आजको अवस्थालाई समाधान गर्ने कुरा नरहेको बताए ।
दुई ठूला राजनीतिक दलहरुको शक्तिशाली सरकारको तुलनामा शक्तिशाली बजेट भने आउन नसकेको उनले उल्लेख गरे ।














