सप्तरी, १७ जेठ । सप्तरीमा शनिबार (जेठ १७) बिहान जंगली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ ।
आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२, धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार, घरदेखि करिब ५०० मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो ।
बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने गरेका थिए ।














