काठमाडौं, १७ जेठ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रूपान्तरणको आवश्यकता रहेको बताएका छन् ।
शनिबार (जेठ १७) ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । बन्दुकले सेना कुट्ने, मार्ने र हान्नेबाहेक केही नदेखेको माओवादी पनि रूपान्तरण भएर हालको संविधानभित्र आएको उनले उल्लेख गरे ।
नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पु¥याउने काममा लाग्नुपर्नेमा उनले जोड दिए । सुशासन र सेवा प्रवाहका बारेमा राज्य रूपान्तरित भएर अघि बढ्नु आजको आवश्यकता रहेको उनले औँल्याए ।














