काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता र राष्ट्रको हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उनले सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको बताए ।
आफूले कुनै सामन्तको झोला नबोकेको र कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न नकुदेको उनको भनाइ थियो । आफू इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउने नेकपा एमालेको झोले भएको उनले बताए ।














