काठमाडौं, १७ जेठ । राजावादीको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजावादीहरूले सुरु गरेको तेस्रो दिनको आन्दोलनमा घुसपैठको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । उनको परिचय खुलाइएको छैन ।
राजावादीहरूको आन्दोलन अहिले नारायणहिटीमा निषेधित क्षेत्र तोकिएपछि शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको छ ।
आफूहरुले प्रदर्शन गर्न लागेको ठाउँलाई निषेधित क्षेत्र तोकेपछि राप्रपाले राजावादीसँग सरकार डराएको निष्कर्ष निकालेको छ ।














