काठमाडौँ, १४ जेठ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठक सिंहदरबारमा जारी छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ ।
आजको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना पास गर्नुका साथै विपद्को सम्भावना, न्यूनीकरण र समसामयिक विषयमा छलफल भइरहेको बताइएको हो ।














