काठमान्डौँ, १३ जेठ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरुले नाराबाजी गरेका छन् ।
बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए ।
विपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै सदनमा नाराबाजी गरेका हुन् ।
सभामुख देवराज घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि उनीहरुले नाराबाजी गरेका हुन् ।














