काठमाडौं, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भेटेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार भेट भएको हो । भेटमा पौडेलले राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२÷८३ को बजेटका बारेमा ब्रिफिङ गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।














