काठमाडौं, १२ जेष्ठ । नेपालको औपचारिक भ्रमणमा न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स आउने भएका छन् ।
नीले जेठ १४ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले बताएको छ । दुईदिने भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।
उहाँले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले बताएको छ ।














