काठमाडौं, ७ जेठ, । मधेशकेन्द्रित ७ दलको ‘संघीय लोकतान्त्रिक मोर्चा’को बैठक जारी छ ।
बैठक जनमतको पार्टी केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बसिरहेको छ । डा.सीके राउतको अध्यतामा बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट, भूमि विधेयक र पार्टी सचिवालयद्वारा ड्राफ्ट गरिएको कार्यविधिबारे प्रस्ताव पेश गरिएको केशव झाले जानकारी दिए ।
मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । यसअघि २१ चैतमा काठमाडौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गर्दै जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपाले मोर्चा घोषणा गरेका थिए ।














