काठमाडौं, ६ जेष्ठ । प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ ।
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्दै बैठक जेठ १३ गते सम्मका लागि स्थगित भएको छ ।
प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि बैठक आजै १५ मिनेटका लागि स्थगित भएको थियो । विधेयकमाथि अब सांसदहरूले संशोधन पेश गर्न सक्नेछन् ।
सरकारले जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता छ ।














