काठमाडौं, ६ जेष्ठ । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी बुटवलबाट पक्राउ परेका छन् ।
चौधरी बुटवल प्रहरीको कमाण्डमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले बताए । बलात्कृत युवती तथा परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जीपछि उनी फरार थिए । उनी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । रूपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो ।














