काठमाडौं, ६ जेष्ट । राष्ट्र बैँकको गभर्नर नियुक्ति प्रक्रियाले मंगलवार निकास पाउने देखिएका छन् ।
गभर्नर सिफारिस समितिको बैठक झण्डै दुई महिनापछि आजको बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलपछि समितिको बैठक बसेको हो । गत चैत १० गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिको बैठक अहिलेसम्म एकपटक पनि बसेको छैन ।
समितिको बैठक आज ४ बजेको लागि बोलाइएको अर्थ मन्त्रालयले जनाएको हो । त्यसपछि ५ बजेका लागि मन्त्रिपरिषद बैठक बसने हुन्छ ।
यसअघि सोमबार बस्नुपर्ने मन्त्रिपरिषद्को नियमित बैठक गभर्नरमा सहमति जुट्न नसक्दा स्थगित भएको थिए । कांग्रेसले गभर्नरमा डा.विश्व पौडेललाई अघि सारेको छ । तर उनीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि मंगलबार सुनुवाई हुँदैछ ।














