जनकपुर, ६ जेष्ट । सर्लाहीमा २४,००० नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् ।
सोमबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँचको क्रममा २४,००० बरामद गरेको हो ।
बरामद भएको रकम ५०० दरले ४८ थान नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको व्यक्तिहरूमा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–६ का २१ वर्षीय मुकेश कुमार साह र हरिपुर्वा नगरपालिका–४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित रहेका छन् । थप जानकारी आँउन बाकी रहेको छ ।














