काठमाडौं, ५ जेष्ठ । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दै छ । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ । सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ ।
समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् । समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ ।
समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।














