कठमाडौं, ३० वैशाख । रवीन्द्र मिश्र र दुर्गा प्रसाइसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिन हिरासतमा बसिसकेका मिश्रलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीले मिश्र, दुर्गा प्रसाईं, उनका सहयोगीहरू र शिव सेनाका अध्यक्ष अनिल बस्नेतसहितलाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिराखेको छ ।
५ दिनअघि उनीहरूलाई आपराधिक उपद्रवको कसुरमा थालिएको छ ।














