काठमान्डौँ, ३० बैशाख । जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी गीता गुरुङले जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा पठाइन् ।
सीके राउत नेतृत्वको जनमत पार्टीबाट भैरहवाकी गुरुङ समानुपातिक सांसद भएकी थिइन् । सांसद भएको तीन वर्षपछि अचानक उनको राजीनामा आयो, त्यो पनि जनताको पीरमर्का आफूले बुझेको सन्देशसहित ।
पार्टीबाट निरन्तर गुनासो आउन थालेपछि अन्ततः उनले बेलायतबाटै हस्तलिखित राजीनामा पठाएकी हुन् भने राजीनामा पत्र उनका पति कैलाश गुरुङले सार्वजनिक गरेका हुन् ।
सांसद गुरुङको राजीनामा आधिकारिक रूपमा प्रदेशसभामा पुगेर स्वीकृत भएपछि जनमतले उनको सट्टामा नयाँ सांसद पठाउने नेता गुप्ताले बताएका छन ।














