KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषासहित तराई–मधेसमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

धनुषासहित तराई–मधेसमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

जनकपुर, २९ वैशाख । धनुषासहित तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । वैशाखको चौथो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको छ ।

धनुषासहित तराई–मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ ।
घर बाहिर निस्कनै मुस्किल
सूर्योदय भएसँगै साँझसम्म नै एकनासले घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।

गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।

गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडा पखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् ।

गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् । धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ ।” दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको छ ।
बन्द हुँदै विद्यालय
समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ ।
चिसो पेय पदार्थको बिक्री बढ्यो
गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेयपदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ । अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ ।

अहिले जनकपुरधाम बजारका होटल तथा चोकचोकमा लस्सीका साथै चिसो पेय पदार्थको व्यापार गर्नेको सङ्ख्या पनि बाक्लै देखिन थालेको छ ।

Facebook Comment

Related Posts

धनुषाको धनौजीमा वडा स्तरीय ‘धनौजी प्रिमियर लिग’ क्रिकेट सुरु

धनुषाको धनौजीमा वडा स्तरीय ‘धनौजी प्रिमियर लिग’ क्रिकेट सुरु

जानकी मन्दिर परिसरमा पटाका नपडकाउन रेडक्रस अध्यक्ष महतोको आग्रह

जानकी मन्दिर परिसरमा पटाका नपडकाउन रेडक्रस अध्यक्ष महतोको आग्रह

समाजमा घृणा होइन, प्रेम र सद्भाव बढाउनुपर्छ : गगन थापा

समाजमा घृणा होइन, प्रेम र सद्भाव बढाउनुपर्छ : गगन थापा

मञ्चमा भाषण नगरी कार्यक्रमबाट बाहिरिए गृहमन्त्री गुरुङ

मञ्चमा भाषण नगरी कार्यक्रमबाट बाहिरिए गृहमन्त्री गुरुङ

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar