काठमाडौं, २९ वैशाख । एक महिला अर्को महिलालाई प्रहरीसँग मिलेर पक्राउ गराएको छ ।
पीडितलाई एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेको महिला २० वर्षीया अलिया खातुन वीरगञ्ज महानगरपालिका–१६ नगवाकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले जानकारी दियो ।
यही वैशाखको २१ गते एक युवतीलाई उनले नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौल पु¥याएकी थियो । त्यहाँ लगेर ती युवतीलाई उनले यौन पैसामा लगाएको प्रहरीले जनाएको छ । ती युवतीलाई उद्धार गरेर नेपाल फिर्ता ल्याइएको डीएसपी लम्सालले बताएको हो ।
यसअघि पनि खातुन अन्य बालिकाहरुलाई यसैगरी भारत लगेर यौन पेसामा लगाउने गरेको भन्ने सूचना आएकाले त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको हो ।














