नयाँ दिल्ली, २६ बैशाख । भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई) ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले आफ्नो देशको सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ ।
एक्समा एउटा भिडियो सेयर गर्दै भारतीय सेनाका एडीजी पीआईले लेखेको छ, ‘पाकिस्तानी सशस्त्र बलहरूले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमण गरे ।
त्यस्तै पाकिस्तानका सञ्चार मन्त्री अतुल्लहा तरारले पनि बिहीबार भारत प्रशासित कश्मीरमा कुनै पनि आक्रमण नगरिएको जिकिर गरे ।














