काठमाडौं, २६ वैशाख । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
बैठक अहिले केही बेरमा सभाति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने पार्टी कार्यलयले जानकारी दिए । गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपट परिरहेका बेला कांग्रेसले पदाधिकारी बैठक राख्न लागेको हो ।
कार्यकाल सकिनु १ महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन ।
गठबन्धन सरकारका प्रमुखहरु प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको लगातारको छलफलपछि बुधबार नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गराएर बिहीबार राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निश्चित भएको थियो ।
तर, गभर्नर नियुक्ति प्रक्रिया अझै लम्बिने देखिएको छ। किनकि गभर्नरका प्रत्याशी राष्ट्र बैंककै कार्यकारी निर्देशक भट्टको राजीनामा बुधबारसम्म स्वीकृत नभएपछि दुई दलको योजना सफल नहुने देखिएको हो ।














