एजेन्शी, भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने चेतावनी दिएका छन् ।
इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले यस्तो अभिव्यक्ति दिएका हुन् । भारत–इरानमैत्री सन्धिको ७५ औं वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची अहिले भारत भ्रमणमा छन् ।
भारतीय विदेशमन्त्री जयशंकर स्वयंले एक्समार्फत दिएको जानकारीअनुसार अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणबारे इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उनले भनेभनेका छन यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो ।
पहलगाम आक्रमणपछि भारतले मे ७ मा ‘आतंकवादी लुक्ने ठाउँहरू’ लाई लक्ष्य गरी सीमापार आक्रमण गरिएको जयशंकरले बताएका छन् ।














