काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोगको लागि नेपालको भूमि चीनविरुद्ध नदिने जनाएका छन् ।
सोमवार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएको हो । उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेको छ ।
उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरेको बताएको हो ।
चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने विश्वास उनले व्यक्त गरेको छ । उनले दुई मुलुकबीचको सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक साझेदारी सधैँ मजबुत रहेको बताएका छन् ।
पारस्परिक सहकार्य, अन्तरराष्ट्रिय सम्बन्धमा पनि नेपाल र चीनले सहकार्य गर्दै आएको उनले उल्लेख गरे ।
सभापति देउवाले परापूर्वकालदेखि नेपाल र चीनबीचको मित्रताको सम्बन्ध अटल र अमर रहेको जानकारी दियो ।














