काठमान्डौँ, २२ बैशाख । भारतको पहलगाममा २६ जना पर्यटकमाथिको आक्रमणपछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा बढाइएको छ । गत अप्रिल २२ मा भएको आक्रमणमा एक जना नेपाली पनि परेका थिए ।
त्यसपछि भारत र पाकिस्तानबिच तनाव बढ्दा नेपालमा पनि हुन सक्ने सुरक्षा चुनौतीलाई लिएर सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो।
सीमा क्षेत्रमा २४ सै घण्टा गस्ती बढाइएको र सीमाना भएर आवतजावत गर्नेहरुको अभिलेखीकरण गर्ने कार्यसमेत कडाईको साथ गरिहरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन ।














