काठमाडौं, २१ वैशाख । भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) जवान मुनिर अहमदले पाकिस्तानी महिलासँग विवाह गरेपछि जागिरबाट बर्खास्त गरेका छन् ।
सञ्चारमाध्यमहरूका अनुसार सीआरपीएफको ४१औँ बटालियनका सिपाही मुनिर अहमदले पाकिस्तानको सियालकोट निवासी मीनल खानसँग विवाह गरेपछि उनलाई जागिरबाट बर्खास्त गरिएको हो । उनले आफ्नी श्रीमतीको भिसा सकिएपछि पनि उनलाई अवैध रूपमा भारतमा राखेको दाबी पनि गरेको छ ।
मुनिर अहमदलाई सेवा आचरण र राष्ट्रिय सुरक्षाको लागि खतरा मानिएको छ । उनले भिसा नियम उल्लंघन गरेर मिनललाई भारतमा आश्रय दिएका छन् । मिनल मार्च २०२५ मा छोटो अवधिको भिसामा भारत आएकी थिइन् ।
उनले दीर्घकालीन भिसाका लागि दिएको आवेदन भारतीय गृह मन्त्रालयमा विचाराधीन छ । अप्रिल २२ मा पहलगाम आतंकवादी हमलापछि भारत सरकारले सबै पाकिस्तानी नागरिकको भिसा निलम्बन गरेको छ । पाकिस्तानी महिला मिनल खानलाई पनि देश छोड्न सूचना दिइएको थियो ।
मिनलले भने आफूहरू निर्दोष रहेको भन्दै आतंकवादसँग कुनै सम्बन्ध नरहेको जिकिर सञ्चारकर्मीहरूसँग गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।














