काठमाडौं, २१ वैशाख । एक शिक्षकमाथि हतियारले आक्रमण गर्नु भएको छन् ।
दाङको तुलसीपुरमा एक शिक्षकमाथि धारिलो हतियार प्रयोग गरेर आक्रमण गर्ने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १९ गते बिहान करिब १०ः३० बजे तुलसीपुर उपमहानगरपालिका– ६ स्थित हिमाल बोर्डिङ स्कुल नजिकै हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि आक्रमण भएको थियो ।
रक्षाचौर निवासी ३७ वर्षीय श्रेष्ठलाई सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत २२ वर्षीय सुरेश सुनारले एक्कासी खुँडा प्रहार गरी घाइते बनाएका थियो । श्रेष्ठको बायाँ कुम र दुवै हातको पाखुरामा चोट लागेको र उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको थियो ।
घटनापछि फरार रहेका आरोपी सुरेश सुनारलाई खोजी गर्ने क्रममा प्रहरीले बैशाख २० गते राति पौने ९ बजे तुलसीपुर–४ हलुवारबाट पक्राउ गरेको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














