काठमाडौं, २० वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको विरुद्ध नयाँ आन्दोलन आवश्यक भएको बताएका छन् ।
दक्षिणकाली नगर सम्मेलनलाई सम्बोधन गर्दै भ्रष्टाचार र सामाजिक विभेदको विरुद्ध, सामाजिक न्यायको पक्षमा माओवादीले नयाँ क्रान्ति गर्न सक्ने बताएका छन ।
अहिले हामी फेरि हाम्रो वर्ग र मुद्दासँग जोडिएका छौँ । हाम्रो नेतृत्वको सिङ्गो टिम नै खटेका छौँ । हाम्रो अभियानले जनतामा नयाँ विश्वास पैदा गरेको छ उनले भने, त्यसैले सबैले राष्ट्रको निम्ति एकचोटी सबैले संकल्पको साथ लाग्नुपर्नेछ ।
उनले आफू ७० वर्ष कटे पनि नयाँ आर्थिक र सामाजिक क्रान्तिको नेतृत्व गरेर समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जाने संकल्प गरेको बताए ।
उनले सबैले आँट गरे एक वर्षभित्र देशको राजनीतिक रङ्गमञ्च बदलिनसक्ने जिकिर गरे ।














