सर्लाही, १८ वैशाख । पेस्तोल पड्काएर डान्स गरेसँगै भाइरल बनेकी जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादव बोलाएको बेला हाजिर हुने सर्तमा कागज गरेर छुटेकी छन् ।
सर्लाहीमा एक हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको भिडिओ भाइरल भएपछि उनलाई सप्तरी प्रहरीले बोलाएर बयान लिएको छ ।
बयानपछि बोलाएको बेला हाजिर हुने गरी कागज गराएर छाडिएको सप्तरी प्रहरीले जनाएको छ । बबीले प्रहरीसमक्ष आफूले मनोरञ्जनका लागि पेस्तोल पड्काएको र त्यो बच्चाहरुले खेल्ने खेलौना भएको बयान दिएकी छन् ।
नेतृ बबीले पड्काएको पेस्तोल सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट बरामद भएको थियो । बबीकै बयानका आधारमा सप्तरी प्रहरीको सूचनाअनुसार सर्लाही प्रहरी अत्र्जनीकोमा पुगेको थियो ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले बरामद पेस्तोल नक्कली जस्तै देखिएको भन्दै परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउने जानकारी दिए ।
उनका अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी














