काठमाडौं, १६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गतेका दिन संघीय संसद्का दुवै सदनमा बैठक सम्बोधन गर्नु भएका छन् ।
सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएको हो ।
उनका अनुसार राष्ट्रपति पौडेलले अपराह्न ३ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् । यसका लागि सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
मन्त्रिपरिषद् बैठकले मन्त्री, सचिव र केही आयोगका व्यक्तिहरूको विदेश भ्रमण समेत स्वीकृत गरेको छ ।














