काठमाडौँ, १५ वैशाख । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले १८ अर्ब अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ परेका छन् ।
उनीहरूलाई विभिन्न ११ जिल्लाबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरूले अवैधरूपमा रकम भित्र्याइएको आरोप प्रहरीको छ । व्युरोका अनुसार २१ जनाले १७ अर्ब, ८६ करोड, ७० लाख, ३९ हजार १०७ रुपैयाँको अवैध कारोबार गरेको खुलेको छ ।
आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणबापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक बिप्रेषणको नाममा नेपालमा अवैध भन्सार, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले अवैध कारोबारबापत प्राप्त गरेको गैर कानुनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रालिको नाममा नेपालमा रहेका बैंक खाताहरुमा पैसा जम्मा गर्नका ठूलो परिमाणमा नगदै रकम खातामा प्लेसमेन्ट गरी सो रकमलाई वभिन्न रेमिटिन्समार्फत भुक्तानी गर्न अनुमति लिएका :यलभथ त्चबलकाभच हरुले उक्त डिजिटल वालेट कम्पनीहरूमार्फत ई–मनी बनाई सो रकमलाई च्झष्ततबलअभ बापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा ट्रान्सफर गरेको देखिएको व्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा मोरङका वीरेन्द्र प्रसाद साह, दीपेन्द्र प्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुण कुमार साह, पर्साका प्रदीपकुमार साह, धनुषाका संजीवकुमार महतो, नवलपरासीका राजकमल लोनिया, भिमकुमारी गुरुङ, सप्तरीका राम विलास साह तेली, ममता कुमारी साह, पर्साका बिकर्ण जंग राणा, नवलपरासीका गणपती पाण्डे, पर्साका सलमा खातुन, सप्तरीका सुशीला कुमारी शाह, चितवनका गोविन्द प्रसाद आचार्य र सप्तरीका शम्भु महतो रहेका छन् ।














