काठमाडौं, १४ वैशाख । जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई पक्राउ गर्नुको पेश गर्नका लागि सर्वोच्च अदालतको आदेश जारी गरेका छन् ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यादवलाई पक्राउ गर्नुको कारण पेश गर्न जिल्ला प्रहरी परिसर, ललितपुर र जिल्ला अदालत ललितपुरका नाममा आदेश जारी गरेको हो ।
आफ्नो पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै यादवकी पत्नी ललिता कुमारीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थियो ।














