काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ यस्तो आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आईतवार यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिट्टई दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज–सरम पचाएर यस्ता आरोप लगाउँछन् ।
देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले राजनीतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको उनले टिप्पणी गरेको छ ।
पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिनु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले विश्लेषणात्मक चेत राख्न सुझाव दिए ।














