काठमाडौं, १३ वैशाख । शनिबार साँझ काठमाडौंबाट पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको छ ।
उनलाई कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । तर, उनलाई पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार साँझ कपनस्थित घरबाटै पक्राउ गरेको ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको छ ।














