जनकपुर, १२ वैशाख। धनुषा जिल्लामा सक्रिय बौद्धिक तथा सामाजिक अभियन्ताहरूको साझा प्रयासमा स्थापना गरिएको “तत्मा बौद्धिक समाज, धनुषा” ले आजदेखि विधिवत रूपमा आफ्नो दर्ता प्रक्रिया पूरा गरेको छ। समाजका पदाधिकारीहरूको अनुसार, बौद्धिक चेतना अभिवृद्धि, सामाजिक समरसता तथा शिक्षाको प्रवर्द्धन गर्ने लक्ष्यका साथ संस्था अगाडि बढ्नेछ। दर्ता पश्चात समाजले विभिन्न सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेको छ।
समाजका अध्यक्ष ई. रामबाबू दासले भने, “यो समाज हाम्रो समुदायको समृद्धि र सचेतनाका लागि एउटा सशक्त प्लेटफर्म बन्नेछ।”
समाजले अब स्थानीय तह र प्रदेश सरकार सँग समन्वय गर्दै कार्यक्रमहरूको कार्यान्वयन आरम्भ गर्ने जनाएको छ।














