काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदैछन् ।
यही वैशाख ७ गते देउवा दम्पती परिवारका अन्य सदस्यसहित थाइल्याण्ड गएका थिए । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसिच कृष्णप्रसदा पौडेलका अनुसार देउवा दम्पती शुक्रबार दिउँसो १२ बजे स्वेदेश फर्किने छ ।
उपचारको लागि भन्दै देउवा थाइल्यान्ड गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१ औँ सम्मेलनमा सहभागी थाइल्यान्ड गएकी हुन् ।
संसद्को प्रमुख प्रतिपक्षी शक्ति माओवादी केन्द्रसहित सत्तारुढ कांग्रेसकै केही नेताले वर्तमान सरकार फेरबदलको चर्चा तीव्र बनाइरहेका बेला देउवा दम्पती स्वदेश फर्किन लागेका हुन् ।














