जनकपुर, ८ वैशाख । मधेश प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णयअनुसार मिडिया काउन्सिलको अध्यक्षमा पत्रकार कमल उपाध्याय र आमसञ्चार प्राधिकरणको अध्यक्षमा पत्रकार जीतेंद्र खड्गलाई सोमबार नियुक्त गरेका छन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बिच प्रदेशका गृहमन्त्री राजकुमार लेखीले उनीहरूलाई शपथ ग्रहण पनि गराएका हुन ।
बारा जिल्लाका उपाध्याय र सप्तरीका खड्ग दुवै पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्व हुन् ।














