काठमाडौं, ८ बैशाख । आन्दोलनरत शिक्षकहरूले सडकमै शोक मनाएका छन् ।
आन्दोलनमा सहभागी भएर घर फर्किने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका मनाङ नार्फु गाउँपालिका– ८ को जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको ज्यान गएको थियो ।
आइतबार तनहुँको भानु नगरपालिका–१०, नेपालटारमा भएको स्कुटर र जिप दुर्घटनामा घलेको ज्यान गएको छ । उनकै निधनमा दुःख व्यक्त गर्दै शिक्षकहरूले आज मौन प्रदर्शन गरेर शोक मनाएको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।
आज आन्दोलनको २०औं दिनमा शिक्षकहरूले काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्म मौन प्रदर्शन गरेका थिए ।














