KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रविको सर्वोच्चमा निवेदन दर्ता , आज सर्वोच्चमा सुनुवाइ

रविको सर्वोच्चमा निवेदन दर्ता , आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, ८ वैशाख । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा हिजो परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सोमवार प्रारम्भिक सुनुवाइ हुँदैछ ।

आफूलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै लामिछानेले श्रीमती निकिता पौडेलमार्फत् आइतबार सर्वोच्चमा निवेदन दिएको हो । उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी तोकिएको छ ।

आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेका छन् ।

उच्चको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन् । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो ।

तर, उक्त आदेश उच्च अदालतले चैत २२ गते बदर गरेर थुनामै पठाउन भनेको थियो । आदेश आएको केही घण्टामै रवि काठमाडौँबाट पक्राउ परेका थिए । उनी हाल रुपन्देही कारागारमा छ । यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सोही मुद्दाका अभियुक्त छविलाल बन्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ ।

यसमध्ये रवि, छवि र जीबीले गोर्खा मिडिया प्रालि स्थापना गरी त्यस कम्पनीमार्फत गैरकानुनी रूपमा १० करोड ९९ लाख ३६ हजार रकम परिचालन गरेको अभियोगपत्रमा उल्लेख छ। जीबी राई भने फरार छन् ।

Facebook Comment

Related Posts

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

विराटनगर भन्सारको राजस्व असुली १०२.६ प्रतिशत

विराटनगर भन्सारको राजस्व असुली १०२.६ प्रतिशत

बाढीपहिरोको जोखिमलाई लिएर सातै प्रदेशका स्वास्थ्य निकाय सतर्क

बाढीपहिरोको जोखिमलाई लिएर सातै प्रदेशका स्वास्थ्य निकाय सतर्क

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar