काठमाडौैं, ६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, एमाले नेता अग्नि खरेल लगायत उपस्थित छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रमुख नेताहरु बैठकमा बसेका हुन् ।
संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारी नियुक्ति गर्नेबारेमा यसअघि पनि शीर्ष नेताहरुबीच पटक–पटक छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीका कानुन तथा मानवअधिकारसम्बन्धी सल्लाहकार खरेलको सक्रियतामा शान्तिप्रक्रियाको बाँकी रहेको एउटा महत्वपूर्ण पक्ष संक्रमणकालीन न्याय टुंग्याउन पछिल्लो पटक शीर्ष नेताहरुबीचका छलफल बाक्लिएका हुन् ।














