जनकपुर, ४ बैशाख । धनुषाको लालगढमा सातै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन बिहीवारदेखि शुरु भएको छ ।
मधेस प्रदेशसभा सचिवालयद्वारा आयोजित सम्मेलनमा सङ्घीयता र संसदीय अभ्यास सुदृढीकरणका विषयमा गहन छलफल भइरहेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता कार्यान्वयनका उपलब्धिहरू प्रचारप्रसारमा कमजोर रहेको बताए ।
उनले नेपाललाई आफ्नो पहिचानमा चिनाउँदै पर्यटनमार्फत अर्थतन्त्र सुदृढ गर्न सकिने धारणा राखे । सम्मेलनमा अनुभव आदानप्रदान र सुधारात्मक सुझावहरू प्रस्तुत गरिनेछ ।














