काठमाठौं, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ,’ उनले भने, ’९ गते ७७ जिल्लामा विरोधसभा, धर्ना, प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय आजको बैठकले गरेको छ ।
सरकारले यहाँ प्रदर्शन गर्नू, यहाँ नगर्नू भनेर निषेधित क्षेत्र तोक्दै मौलिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ । त्यसविरुद्ध निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने निर्णय गरेका हौँ ।
चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहितलाई रिहाइ गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।














