काठमाडौं, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिने भएकी छन् ।
आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने जानकारी आफूले पाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभएको छ ।
झाले भने, सांसद् र पार्टी पदाधिकारीको भूमिका एकसाथ निर्वाह गर्न समस्या भएपछि उहाँले राजीनामा दिन लाग्नुभएको छ । ‘यसमा अन्यथा केही छैन ।
बिहीबार दिउँसो २ बजे बस्ने रास्वपा केन्द्रीय समितिको बैठकमा श्रेष्ठले राजीनामा दिने झाले बताए ।














