काठमाडौं, १ बैशाख । नेकपा माओवादी केन्द्रले हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान फेरि सुरु गरेको छ ।
अभियानको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु नवलपुरको गैडाकोट पुगेका छन् । नयाँ वर्ष २०८२ सालको पहिलो दिनबाट अभियान फेरि सुभारम्भ गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
अभियान लागि पुगेका प्रचण्डसहितका नेताहरुलाई गैडाकोट नेता कार्यकर्ताले स्वागत गरेका छन् । प्रचण्डलगायतका नेताहरू सोमवार र मंगलवार नवलपुरका जनतासँग रहनेछन् ।
माओवादीको यो अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको थियो । निरन्तर गर्ने तयारी गरेपछि माओवादी अहिले केही समय रोक्दै फेरि सुरु गर्दै आइरहेको छ ।
अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी छ ।














