काठमाडौं, १ बैशाख । नयाँ वर्ष प्रवेशको दिन अधिकांश नेपालीहरू शुभकामना आदानप्रदान गर्दै मनाइरहेका छन् ।
तर, शिक्षकहरू भने शिक्षा ऐनको माग गर्दै काठमाडौँको सडकमा आन्दोलनरत छन् ।
शिक्षकहरूले नाच्दै गाउँदै सरकारमाथि दबाब बढाइरहेका छन् । शिक्षकहरू सडक आन्दोलनमा होमिएको आज १३ दिन भएको छ ।














