जनकपुर, १ बैसाख । तराई–मधेसका धनुषासहित महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी लगायतका जिल्लामा आज सतुवाइन पर्व मनाइँदै छ ।
नयाँ वर्षका दिन मधेसमा सतुवाइन पर्व मनाइने गरेको विज्ञहरुले बताउछन । चना, मकै, जौ, भटमास लगायतका वस्तुलाई भुटेर त्यसलाई पुनः पिँधेंर पिठो तयार गरिन्छ ।
सोही पिठोको सातु खाएर आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन रहेको छ ।
सातुले शीतलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुरसम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलाञ्चलमा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको छ ।














