KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भोला पासवान र कुलदिप दाससहित ६ व्यक्तित्व सम्मानित

दलित सशक्तिकरणमा योगदानको कदर

भोला पासवान र कुलदिप दाससहित ६ व्यक्तित्व सम्मानित

जनकपुर, ३० चैत । दलित समुदायको सशक्तिकरण, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य सेवा, सञ्चार तथा विपद् व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउने ६ जना व्यक्तित्वलाई राष्ट्रिय दलित पत्रकार संघ, नेपालद्वारा सम्मान गरिएको छ। जनकपुरधाममा शनिबार सम्पन्न प्रथम मधेस प्रदेश अधिवेशनको अवसरमा उनीहरूलाई सम्मान–पत्र तथा धन्यवाद–पत्र प्रदान गरिएको हो।

शनिबार जनकपुरधाममा सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम मधेश प्रदेश अधिवेशनको अवसरमा सभामुख मण्डलले सम्मान–पत्र तथा धन्यवाद–पत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्याङ्कन गरेका हुन्।

सम्मानित हुने व्यक्तित्वहरूमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभा सदस्य रामअशिष यादव, पत्रकार तथा सामाजिक अभियन्ता भोला पासवान, डा. बृजमोहन रजक, जयनाथ मण्डल र पत्रकार कुलदीप दास प्रेम रहेका छन्।

सम्मानित व्यक्तित्वहरूको विवरण यसप्रकार छ:

१. माननीय मो. लालबाबु राउत — मधेश प्रदेशको प्रथम मुख्यमन्त्रीका रूपमा नेपालको संविधानको धारा २४ अन्तर्गत छुवाछुत तथा भेदभावविरुद्धको मौलिक हकको संरक्षण गर्न र ‘दलित सशक्तिकरण ऐन, २०७६’ जारी गर्न नेतृत्वदायी भूमिका खेलेको योगदानका लागि सम्मान।

२. माननीय रामअशिष यादव — दलित समुदायका बालबालिकाका लागि निःशुल्क ट्युसन केन्द्र सञ्चालन गरी शिक्षा क्षेत्रमा प्रेरणादायी योगदान दिएकोमा उच्च मूल्याङ्कनसहित सम्मान।३. भोला पासवान — दलित सशक्तिकरण ऐन जारी गर्न तथा कार्यान्वयनका लागि नेतृत्वदायी भूमिका, जनचेतनाका तालिम–गोष्ठी सञ्चालन, विपद् राहत वितरण र पत्रकारितामार्फत न्यायका लागि पैरवी गर्दै आएको योगदानको कदर गर्दै सम्मान।४. डा. वृजमोहन रजक — अधिवेशनमा सक्रिय सहयोग तथा चिकित्सकीय सेवामा दलित समुदायलाई निरन्तर सहुलियत दिँदै आएको योगदानको कदर गर्दै सम्मान।५. जयनाथ मण्डल — वैष्णवी बचत तथा ऋण सहकारी संस्था मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा अधिवेशनमा सहयोग पुर्‍याएको योगदानका लागि धन्यवाद–पत्र।६. कुलदीप दास प्रेम — अधिवेशन सफल बनाउन अहोरात्र समर्पणपूर्वक खटिएको योगदानको कदर गर्दै धन्यवाद–पत्र।१७ सदस्यीय नयाँ प्रदेश समिति चयन

अधिवेशनले कैलाश दासको अध्यक्षतामा १७ सदस्यीय मधेस प्रदेश कार्यसमिति चयन गरेको छ। समितिमा उपाध्यक्ष आशिष विश्वकर्मा (सिरहा), महिला उपाध्यक्ष पूजा पासवान (महोत्तरी), सचिव सूर्यनारायण विक (पर्सा), सहसचिवहरू निखिल पासवान (बारा) र रामप्रवेश बैठा (रौतहट), तथा कोषाध्यक्ष मनु पासवान (सप्तरी) रहेका छन्। बाँकी सदस्यहरूमा ममता बैठा, रामनाथ राम, जितेन्द्र राम, दीपक विश्वकर्मा, गोपाल महरा, शर्मा बैठा, शुशील हजरा, विष्णुदेव सरदार र सुबासाहेब पासवान रहेका छन्।निर्वाचन समितिको संयोजकत्व संघका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज भोला पासवानले गरेका थिए।

दलित सहभागिता र समावेशी सञ्चारको जोड

कार्यक्रममा विभिन्न वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै दलित पत्रकारहरूको भूमिका अझ प्रभावकारी बनाउन सुझाव दिए। उद्घाटन सत्रका प्रमुख अतिथि प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सञ्चार माध्यम जातीय विभेद विरुद्धको लडाइँको बलियो अस्त्र हुनुपर्नेमा जोड दिए।

संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले मधेसमा दलितमाथिको सामाजिक बहिष्कार, विभेद र हिंसाको विरुद्धमा चाँडै पैदल यात्रा सुरू गरिने घोषणा गरे। सचिव सिकेन्द्र पासवानले पत्रकार महासंघमा दलितको सहभागिता, वर्गीकरण प्रक्रिया र पेशागत विकासमा संघ सक्रिय रहने बताए।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar