काठमाडौँ, २८ चैत । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टीका हरेक सदस्यलाई पार्टीको केन्द्रीय कोषमा आर्थिक सहयोग गर्नु अनिवार्य गरेका छन् ।
पार्टी अध्यक्ष महतोले एक सर्कुलर जारी गर्दै पार्टीका सबै तहका सदस्य तथा पदाधिकारीहरूले पार्टी कोषमा एक पटक स्वघोषणा गर्दै आ–आफ्नो क्षमता अनुसार रकम जम्मा गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष महतोले पार्टीका सबै केन्द्रीय सदस्य, राष्ट्रिय सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, पालिका अध्यक्ष, वडा अध्यक्षहरूले कम्तीमा पचास वटा सहयोग रसिद काटेर चन्दा सङ्कलन गर्न अनिवार्य गरेका छन् ।














