काठमाडौं, २८ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
वर्षाका कारण बाटो हिलो र चिप्लो भएपछि सडकमा सवारी आवागमन रोकिएको छ । चिप्लो सडकमा सवारी साधन आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।














