काठमाडौं, २४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘हावा मान्छे’ भनेर टिप्पणी गरेको छ ।
नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएको हो । सरकारको कारण प्रतिगामीहरूले टाउको उठाउन खोजेको भन्दै उनले भने, ‘तीनकुनेमा राजावादी भन्नेहरूले नेवार कन्याहरूलाई अगाडि राखेर बडो नेवार समुदाय हामीसँग छ भन्ने देखाउन खोजे ।
तर एउटा दुर्गा प्रसाईं भन्ने छ नि, त्यो चाहिँ हावा–हावा छ मान्छे । नेवा समुदायले साथ दिएन भन्दै हिँडेका छन् । यो कुरा पनि नेवार समुदायले बुझाइदिनुपर्छ । नेवारले साथ दिँदैनन्–गणतन्त्र विरोधीलाई, निरंकुशताको पक्षपातीलाई ।’
प्रचण्डले नेवार समुदायको इतिहास र संस्कृतिलाई बर्बाद पार्नेहरूलाई नेवार समुदायले साथ नदिने बताएको हो ।












