काठमाडौं, २२ चैत । नेपाल विद्युत प्राधिकरणको पूर्वकार्यकारी निर्देशकबाट कुलमान घिसिङले आफूलाई हटाउँदा केही व्यक्तिले सफलता भएको ठानेको टिप्पणी गरेका छन् ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै घिसिङले आफू बिदामात्रै भएको बताएका हुन् । सरकारको निर्णयले २०७८ साउन २५ गते नियुक्त भएपछि कार्यकारी निर्देशकको रुपमा दोस्रोपटक नेविप्रामा सेवा गर्ने अवसर पाएँ,’ उनले भने, ’कानुनअनुसार सेवा गर्न पाएकोमा गौरव भएको छ ।
०८१ चैत १४ गते हटाइँदै गर्दा मकवानपुरको चेपाङ वस्तीमा काममै थिएँ । कतिपय व्यक्ति, समूह वा शक्तिले मलाई हटाउनुलाई सफल ठानेका होलान् ।
कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ, जिम्मेवार नागरिकको अभिभारा मबाट कहिल्यै कम हुनेछैन घिसिङले भने ।














